रौतहट, ८ माघ । चन्द्रपुरमा २२ जना कुष्ठरोगी रहेको पाइएको छ । जिल्ला भर १ सय ४० जना रोगी छन ।
गौरमा आइतबार कुष्ठ रोग निवारण सम्बन्धि अभिमुखि कार्यक्रममा सो कुरा जनकारी गराइएको हो ।
कुष्ठ रोग निवारण सम्बन्धि सञ्चारकर्मी सँगको अन्तरक्रिया कार्यक्रममा कुष्ठ रोग निवारण बारे जानकारी गराउदै जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख सुरेश यादवले कुष्ठरोग अब निको हुने रोग भएको बताएका छन।
कुष्ठ रोग सरुवा रोग भएपनि जुन व्यक्तिमा रोग सँग लडने क्षमता कम हुन्छ उसैलाइ सर्ने प्रमुख यादवको भनाई छ ।
संगै बस्दा,खादा कुष्ठ रोग अरुलाइ नसर्ने उनले बताएका छन ।
२०६६ माघ ५ गते नेपाल कुष्ठ रोग निवारण घोषणा भएपनि मधेस प्रदेशका जिल्लाहरुमा कुष्ठ रोगको जोखिम बताइएको छ ।
रौतहट जिल्लाभरी एक सय ४० जना कुष्ठ रोगबाट प्रभावित रहेका छन ।
जिल्लामा सबैभन्दा बढी कुष्ठ रोगबाट प्रभावित चन्द्रपुर नगरपालिका रहेका छन भन्ने सबैभन्दा कम यमुनामाई गाउँपालिका रहेको तथ्यांकले देखिएको छ ।
रौतहटको १८ वटै स्थानीय तहको तथ्यांक अनुसार चन्द्रपुर नपामा २२ र सबभन्दा कम यमुनामाईमा २ गरि जम्मा एक सय ४० जनामा कुष्ठ रोगी फेला परेको र उनिहरुले नियमित औषधी गरीरहेको जिल्ला स्वास्थ्य कार्यालय रौतहटले जनाएको छ ।
स्वास्थ्य कार्यालय प्रमुख यादवले जिल्लामा कुष्ठ रोग निवारण अभियान प्रभावकारी रुपमा संचालन गर्न आवश्यक रहेको बताए ।