रौतहट १९ पुस ।कोभिड-१९ को संक्रमण नेपालमा कम हुँदै गएतापनि विश्वव्यापी रुपमा हेर्दा छिमेकी राष्ट्र लगायत केही देशहरुमा संक्रमणको नयाँ स्वरुप (भेरिएन्ट) देखापरेको छ ।
जोखिम तथा असर नेपालमा पनि पर्न सक्ने अवस्थाप्रति सजग एवं सुसूचित हुनु आवश्यक रहेकोले सुरक्षित रहन स्थानिय प्रशानसनले आग्रह गरेको छ ।
कोभिड १९ संक्रमणको जोखिम तथा असरबाट सुरक्षित रहन बढी भिडभाड हुने स्थानहरुमा नजाने, सार्वजनिक यातायातका साधन तथा बढी भिडभाड हुने स्थानहरुमा जानु पर्दा अनिवार्य रुपमा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्ने, गराउने, भौतिक दूरी कायम राख्ने लगायतका जनस्वास्थ्यका मापदण्डहरुको पूर्ण रूपमा पालना गर्न जिल्ला प्रशासन कार्यालय रौतहटले आग्रह गरेको छ ।