रौतहट, १२ माघ । नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले दलिय भागबण्डा नभई सबैको सहमतिमा राष्ट्रपतिको उम्मेदवार चयन हुनुपर्ने धारणा राखेका छन ।
रौतहट सदरमुकाम गौरमा विहिवार संचारकर्मीहरु संग छोटो कुरा गर्दै अध्यक्ष नेपालले यस्तो धारणा राखेका हुन ।
दलिय भागबण्डामा सन्तुलन विग्रन सक्ने भएको हुँदा सबै दलको छलफल पछि एक ढिक्का भएर राष्ट्रपतिको उम्मेदवार बनाएमा राम्रो हुने अध्यक्ष नेपालको धारणा छ ।
देश विकास र अग्रगमनको दिशामा अघि बढ्न सबैको सझा उम्मेदवार भएमा मात्रै उपयुक्त हुने उनले स्पष्ट पारे ।