रौतहट २४ पुस ।भन्सार छली गरेको सर-सामान सहित २ जना मानिस पक्राउ परेका छन ।
पुस २३ गते अन्दाजी ७ बजेको समयमा प्रहरी चौकी मठियाबाट खटिएको प्रहरी गस्ती टोलीले समान बरनमद गरेको हो ।
रौतहट ईशनाथ नगरपालिका वडा नं. ४ महुलीया टोल स्थितमा नेपाल भारत सिमाना स्थित सडकमा सवारी साधन तथा पैदल यात्रीहरु समेतलाई चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल महुलीया तर्फ पैदल आउदै गरेका रौतहट गौर न.पा.४ वस्ने वर्ष २१ को राजन कुमार राय यादव र सोही ठाउका वर्ष २२ को अनिल साहलाई चेकजाँच गर्दा निजहरुको साथबाट अन्दाजी. दुई लाख बैसठी हजार पाँच सय सत्तचालीस बराबरको १५ थान मोबाईल बरामद गरेको प्रहरीले जनाएको छ ।
यस्तै २४ गते करीव ८ बजे प्रहरी चौकी मोतिपुर नरकटियाबाट खटिएको प्रहरी गस्ती टोलीले रौतहट परोहा नगरपालिका वडा नं.७ र ८ बाट उन्नासी हजार दुई सय बराबरको युरीया मल बरामद गरेको छ ।
५७ बोरा र चिनी १ सय ३५ किलो वेवारीसे अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।
तीन लाख एकचालीस हजार सात सय सत्तचालीस बराबरको सर-सामानहरु बरामद गरि अनिल साह र राजन कुमार समेतलाई कारवाहीको लागि गौर भन्सार बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।