मन्जु मानन्धर /
रौतहट , २४ पुष //
रौतहटको चन्द्रपुरमा घरेलु हिंसा बिषयक कानुनी साक्षरता कार्यक्रम सम्पन्न भएको छ । मेचि महाकाली बुहारी संयुत्त आवाज मधेश प्रदेशको आयोजनामा आइतबार चन्द्रपुर ४ स्थित हिमालयन होटलमा उत्त कार्यक्रम सम्पन्न भएको हो ।
मेचि महाकाली बुहारी संयुत्त आवाज मधेश प्रदेशकी अध्क्ष पुजा पाठक तिमल्सिनाको संयोजकत्वमा कार्यक्रम सम्पन्न कार्यक्रमका प्रशिक्षक मधेश प्रदेशका अभिवत्ता रतिसकान्त झा रहेका थिए ।
अधिवक्ता झाले घरेलु हिंसाको प्रकार ,घरेलु हिंसामा के कस्ता हिंसाहरु पर्दछन् , घरेलु हिंसा सम्बन्धि कानुन र सजाय हुने बारे जानकारी गराएका थिए ।
यस्तै कार्यक्रमको प्रमुख अतिथीमा चन्द्रपुर नगरपालिकाका नगर प्रमुख सन्जय काफ्ले ,बिसिष्ट अतिथीमा इलाका प्रहरी कार्यालयका डियस्पी सन्तु प्रसाद जयसवार , अतिथीहरु गरुडा महिलासेलको इन्चार्ज फुलमाया गुरे ,नेप।ल युवासंघका अध्क्ष रोहित चौधरी ,मेची महाकाली संयुत्त आवाजका सर्लाही , बाग्मती र रौतहटका महिला अधिकार कर्मिहरु तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।
यस्तै कार्यक्रमको उद्घोषण गोपल हुमागाईंले गरेका थिए।