रौतहट,३० पुस। माघे सङ्गान्ति नजिकिएसँगै बजारमा तिल र भुजा र सख्खरको व्यापार बढेको छ।
माघ १ गते मनाइने माघे सङ्क्रान्तिमा तिल, चिउरा, भुजाको लड्डु, चाकु र तरुल खाने चलन छ ।
तराई-मधेश क्षेत्रमा तिला सङ्कान्तिको नामले मनाउने चलन छ । तिला सङ्क्रान्ति नजिकिएसँगै रौतहट लगायत हाटबजारमा तिल, चिउरा, भुजा र सख्खर खरिद र बिक्री बढेको छ । मधेशमा यस पर्वमा बिहानै नुहाएर सख्खर (मिठ्ठा) पकाएर तयार पारिएको पाक मा बनाएको तिल, चिउरा, भुजाको लड्डु खाने चलन छ ।
रौतहटको चन्द्रपुर,समनपुर, कटहरिया, गरुडा, गौर, डुमरियाया, लगायत साना तथा ठूला हाटमा चिउरा, भुजा र सख्खर बिक्री खरिद बिक्रि गर्नेको धुइचो देखिन्छ ।
यस्तै, सख्खरको मूल्यमा पनि वृद्धि भएको छ । अरु बेला ६० देखि ७० रुपियाँमा बिक्री भइरहेको सख्खर माघे सङ्क्रान्ति नजिकिएसँगै ९० देखि एक सय रुपियाँमा बिक्री भइरहेको उपभोक्ताहरुको भनाइ छ ।