रौतहट ३० पुस । गुजरा नगरपालिकाले माघी पर्वको अवसरमा माघ २ गते सोमवार नगरभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गुजरा नगरपालिकाको कार्यपालिका ले २०७९ पुस २८ गते को निर्णय अनुसार माघ २ गते माघे संक्रान्तिको अवसरमा बिदा दिने निर्णय भएको गुजरा नगरपालिकाका नि.प्रमुख प्रशासकिय अधिकृत बिनोद कुमार जयसवालले जानकारी दिएका छन ।