चन्द्रपुर, १० माघ । मधेस प्रदेशमा साउन यता सवारी दुर्घटनामा परी २ सय ८१ जनाले ज्यान गुमाएका छन ।
दुर्घटनामा परेर २०६ पुरुष ४ महिला १३ बालक १४ बालिकागरी २८१ जनाको मृत्यु भएको मधेश प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले जानकारी दिएको छ ।
प्रदेशका आठ जिल्लामा पुस मसान्तसम्म २८ सय ७६ सवारी दुर्घटनामा परेको तथ्याक छ।
सो मध्ये सबैभन्दा कम पर्सामा १३१ र सबैभन्दा बढी धनुषामा ४६३ सवारी दुर्घटना भएको मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय को तथ्याकमा उल्लेख रहेको छ ।
त्यस्तै रौतहटमा ३६० बारामा ४३६ सर्लाहीमा ४५७ महोत्तरीमा ३९ सिरहामा ३१६ र सप्तरीमा ३१५ सवारी दुर्घटना भएको छ।
सो दुर्घटनामा परेर ४ हजार ६ सय ३१ जना घाइते भएका छन । घाइते हुनेमा ३१ सय १ पुरुष सय २४ महिला ४३४ बालक तथा २५५. बालिका रहेको मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले बताएका छन ।
नियम बिपरित चलेका १ लाख ४६ हजार १८० सवारीसाधन लाई गरिएको कार्बाही बाट १० करोड ७७ लाख १५ हजार ५०० रुपैया राजश्व संकलन भएको छ।
प्रदेशको आठवटै जिल्लामा सवारी दुर्घटना कम गर्न सामुदायिक बिधालयमा ट्राफिक नियम बारे कक्षा संचालन सडकमा चालक र यात्रुलाई ट्राफिक ज्ञान, पर्चा पम्पलेट बितरण गरि सर्वसाधारण लाई ट्राफिक नियम बारे सचेतता जस्ता १४ सय ५४ वटा चेतनामूलक कार्यक्रमको आयोजना गरिएको प्रदेश ट्राफिक प्रमुख एसपी संतोष भट्टराईले बताएका छन ।
उक्त ट्राफिक सबधी सचेतना कार्यक्रममा यात्रु सवारी चालक तथा सर्वसाधारण गरि कुल ७१ हजार ४७२ जनाको सहभागिता रहेको एसपी भट्टराईले जानकारी दिएका छन ।