Friday, January 24, 2025

भारतमा उत्पादित कुखुरा तस्करीले नेपाली किसान मर्कामा

पछिल्लाे समाचार

रौतहट २ माघ । भारतिय सीमा क्षेत्रमा हुने कुखुरा तस्करीले नेपाली किसान र व्यवसायी मारमा परेकाे गुनासो गरेका छन् ।
भारतीय कुखुरा तस्करले मोटरसाइकल र साइकलमा कुखुरा ल्याएर सस्तोमा बिक्री गर्न थालेपछि रौतहटका व्यवसायी समस्यामा परेकाे गुनासो गर्दै आएका छन ।
कुखुरा बिक्री हुन छाडेको भन्दै व्यवसायीले प्रशासनलाई तस्करी रोक्न ज्ञापनपत्रसमेत बुझाएका छन् ।
नेपाली खुद्रा व्यापारी र केही भारतीय ब्यापारी मिलेर भारतिय कुखुराको कारोवार गर्ने गरेको उनिहरुको गुनासो छ ।
भारतीय नम्बर प्लेटको मोटरसाइकलमा राखेर चोरबाटो हुँदै कुखुरा नेपाल ल्याउने गरेको गुनासो छ ।
नेपालमा भन्दा सस्तो भारतमा पर्ने हुँदा भारतबाट ल्याइएका कुखुरा व्यापारीले किन्ने गरेका छन ।
भारतमा जिउँदो कुखुरा ९५ देखि १ सय भारुमा पाइन्छ नेपालमा दोब्बर मूल्य पर्छ ।
रौतहटका कुखुरा व्यवसायी उमाशंकर साहले भारतबाट कुखुराको तस्करी बढेको प्रहरीलाई पटक/पटक जानकारी गराए पनि नियन्त्रण नभएको गुनासो गरे ।
कुखुरा व्यवसायीको टोलीले प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीलाई तस्करी रोक्न ज्ञापनपत्र बुझाएका थिए ।
रौतहटको रामपुरखाप, ईशनाथ, बंकुल,गौर,राजदेवि नाकाबाट कुखुराको तस्करी हुने गरेको छ ।
रौतहट कुखुरा व्यवसायी संघका अनुसार यहाँ जिउँदो कुखुरा प्रतिकिलो ३ सयदेखि ३ सय ५० रुपैयाँसम्ममा बिक्री हुन्छ ।
संघका अध्यक्ष विनोद पाण्डेले भारतमा पटक/पटक बर्डफ्लु देखिने हुनाले भारतमा उत्पादित मासु नखान अनुरोध गर्दै आएको बताए ।
रौतहटका प्रजिअ शाहीले तस्करी रोक्न सुरक्षा निकायलाई निर्देशन दिएको र भारतबाट कुखुरा भित्रिन नदिने बताएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु