रौतहट, ११ माघ । धन लक्ष्मि बचत तथा ऋण सहकारी संस्थाले सर्वसाधारणको रकम उठाएर फरार भएपछि सयौं सेवाग्राहीहरु चिन्तित छन ।
रौतहट सदरमुकाम गौर नगरपालिकामा रहेकाे धनलक्ष्मि बचत तथा ऋण सहकारी संस्थामा गरिव, निम्न बर्ग एवं मध्यम वर्गका व्यक्तिहरुले रकम बचत गरेका थिए ।
धन लक्ष्मि बचत सहकारी ऋण संस्थामा जम्मा गरेका सयौं बचतकर्ता को करोडौं रकम लिएर संचालक सहितका कर्मचारीहरु फरार भएपछि उपभोक्ताहरु बिचल्लीमा परेका छन ।
गौर नगरपालिका ७ का गायत्री देवी पासवानले दुई छोरी अंशु कुमारी र बर्षा कुमारीको नाममा बचत जम्मा गरेको १ लाख २६ हजार साँबा रकम लिएर संचालक मनोज गिरी फरार भएको दुखेसो पोखीन ।
पासवाने भनिन ,”ब्याज चाँहिदिन, साँबा दिए पुग्छ, धेरै मेहनेत गरेर, बालबच्चाको पेट काटेर जम्मा गरेको रकम लिएर भागेको सुन्दा पीडा हुन्छ ।
विगत ८ महिना अघि फरार भएका गिरी सम्पर्कमा छैनन ।
शेख सताको १ लाख ८ हजार, शेख जाजुको २ लाख ५० हजार, फेकन दर्जीको १ लाख ७० हजार, मोबारक दर्जीको १ लाख ३५ हजार, सुरेन्द्र साह तेलीको ३२ लाख गरी सयौं उपभोक्ताहरुको करोडौं रकम लिएर संचालक गिरी फरार भएको पिडितहरुले बताएका छन।
धनलक्ष्मि बचत ऋण सहकारी संस्था केही महिना देखि बन्द रहेको , महिनौ देखि कुनैपनि कर्मचारी नरहेको, संचालक फरार भएको पिडित बचतकर्ताहरुको भनाइ छ ।