रौतहट,३ माघ । वैदेशिक रोजगारको लागी विदेशिने युवाहरुलाई सरकारने फ्रि भिजा, फ्रि टिकटको घोषणा गरेको भएपनि रौतहटबाट विदेशिने युवाहरुले ठुलै रकम खर्च गर्ने गरेको खुलेको छ ।
सरकारको खाडी मुलुक लगायत मलेसिया जाने कामदारहरुका लागि फ्रि भिसा र फ्रि टिकटको व्यवस्था गरेको भएपनि दलाल तथा म्यानपावर कम्पनीहरुले विदेशिने युवाहरुबाट अनावश्यक रूपमा रकम लिने गरेको रहस्य खुलेको हो ।
खाडी मुलुक लगायत मलेसियामा वैदेशिक रोजगारका लागि जाने युवाहरुसंग म्यानपावर कम्पनीले आवश्यक कागजात लिएर वैदेशिक रोजगार विभागमा पेश गर्दै आएपनि उनीहरुसंग रकम लिने गरेको पाईएको छ ।
म्यानपावर कम्पनीले वैदेशिक रोजगारमा जाने युवाहरुवाट संकलन गरेको आवश्यक कागजातको आधारमा विभागमा पेश गरेर उनीहरु फ्रि भिसा फ्रि टिकटमै कामदार वैदेशिक रोजगारीमा गईरहेको कागजले देखाउछ । तर, उनीहरुबाट म्यानपावर कम्पनीले अनावश्यक खर्चको विवरण देखाएर रकम असुल गरिरहेको पीडितहरुको गुनासो रहेको छ ।
रौतहटबाट जाने युवाहरुलाई म्यानपावर कम्पनीले रौतहटको विभिन्न गाउमा राखेको एजेन्ट (दलाल) फ्रि भिसा, फ्रि टिकटको नाममा लाखौं रकम असुल्ने गरेको पाईएको छ ।
चन्दपुर नगरपालिका वाड नं ७ नयाँ वस्तीका अनुठा साहले म्यानपावरमा गएर मौखिक परिक्षा पास गरेर उनी फ्रि भिसा फ्रि टिकटमा मलेसिया उडन पाउने आशमा थिए । तर पछि म्यानपारका कर्मचारीले दुई लाख नदिएसम्म नपठाउने बताएपछि उनी निरास हुँदै रौतहट फर्केका छन ।
केही कम्पनिले फ्रि भिसा र फ्रि टिकट कामदार विदेश पठाइरहेकाे भएपनि धेरै म्यानपावर कम्पनीले
निःशुल्क कामदार पठाएका छैनन् ।
वैदेशिक रोजगारीमा जाने कामदारसंग भने १० हजार रुपैयाको रसिद हुन्छ । वैदेशिक रोजगारीमा जाने कामदारले कम्तीमा २ लाख रुपैया म्यानपावरमा बुझाउने गरेका छन् ।
म्यानपावर कम्पनीले कामदारबाट धेरै रकम लिए पनि प्रमाणको अभावमा कानूनी कारवाही गर्न समस्या भइरहेको बताइन्छ ।
फ्रि भिसा र फ्रि टिकटमा चन्द्रपुर घाट मलेसिया जान लागेका एक युवा संग म्यानपावर कम्पनीका स्थानीय दलने २ लाख रुपैया माग गरेको गुनासो गरेका छन ।