Wednesday, January 22, 2025

फस्ट जनवरीमा नुनथर क्षेत्र मा पर्यटकको घुइचो

पछिल्लाे समाचार

चन्द्रपुर,१७ पुस । रौतहट जिल्लाका बिभिन्न पर्यटकिय स्थल  अग्रेजी नया बर्षको दिन भरीभराउ देखिएको छ ।
  अंग्रेजी नयां बर्षको अवसरमा रौतहटका बिभिन्न स्थानमा रहेको पर्यटकिय स्थल भरीभराउ भएका हुन ।
जिल्लाको चन्द्रपुर नगरपालिकामा रहेको नुनथर ,डावरी ,गैडाटारको धामी पार्क ,चन्द्रनिगाहपुरको सहिद स्मृती पार्क ,गुजरामा रहेको पार्कमा जिल्लाभरीका तथा जिल्ला बाहिरका पर्यटकले भरीभराउ भएको थियो ।
रौतहटको बागमतीमा रहेको नुनथरमा सिमावर्ति भारत देखीका पर्यटक पिकनिक र घुम्नका लागि आउने गरेको नुनथर क्षेत्र बिकास समितीका सदस्य समिरबाबु कार्कीले बताए ।
चन्द्रपुर नगरपालिकाको बिभिन्न स्थानमा रहेका पार्क तथा पर्यटकिय स्थालमा पछिल्लो दिनमा आन्तरिक पर्यटकको भिड लाग्न थालेको छ ।
              नुनथरमा घुइचो
अंग्रेजी नया बर्ष २०२३ को अवसरमा नुनथरमा पर्यटकको भिडनै लागेको छ । रौतहट जिल्लाको नया गन्तब्यका रुपमा रहेको चन्द्रपुर ३ गैडाटारमा रहेको तिलेश्वर नाथ पर्यटकिय स्थाल ,धामी पार्कमा समेत यो बर्षको नयां बर्ष मनाउन आउनेको भिड लागेको स्थानीयले बताए ।
हरेक बर्ष झै यस बर्ष पनि नुनथरमा पर्यटकको भिड लागेको छ । सय वर्षभन्दा बढी पुरानो शिव मन्दिर र त्यँहाको नुनिलो पानी, मनोरम दृश्य अवलोकनले नुनथर प्रख्यात छ ।
छिमेकी जिल्ला सर्लाही, धनुषा, महोत्तरी, बारा, पर्सा, मकवानपुरका मानिसहरू यहाँ घुम्न आउछन ।
उत्तरतर्फको  बागमती नदिको भिमबाध ,महाभारत पात्र महावली भीमले बागमतीमा बाँध लगाएर चुरेको भित्री खण्ड सिंचाइ गर्न बनाइएको कथन छ ।
५ पाण्डव वनवासका बेला भीमसेनले चुरेको भित्री खण्ड मात्र नभई भावरका केही सुख्खा भूमागमा सिंचाइ गर्न चाहेका थिए । तर शकुनिले गँगटाको रुप लिएर बाध भत्काएको हुदा कार्य अधुरो रहेको किंवदन्ती छ ।
नुनथरमा साउन महिनामा एक महिना मेला लाग्छ भने शनिवार पिकनिक खानेहरुको घुइचो लाग्ने गरेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु