रौतहट २० पुस । ई रिक्सा चालक केदार तिमलसिनालाई केही दिन देखि गरिव तथा विपन्न परिवारका लागि न्यानो कपडा बितरण र संकलन गर्ने चटारो छ ।
आफै गरिब, मजदुरी गरेर परिवार पाल्ने एक इ रिक्सा चालकलाई जाडो सुरु हुनासाथ राहत बाढ्ने चटारोले छुन्छ
रौतहटका इरिक्साचालक केदार तिमल्सिनाको कामले अरुलाइ पनि प्रेरणा मिलेको छ ।
चन्द्रपुर नपा– ४ कप्तान टोलका ४५वर्षीय केदारप्रसाद तिमल्सिना अहिले जिल्लाको उत्तरी भेगका अधिकांश दलित बस्तीहरूमा आफ्नै रिक्सामा कपडा राखेर बाँडदै हिडने गरेका छन ।
शितलहरले गरीव र बिपन्न परीवार का कतिपय कठ्यांग्रिएर मरेको देख्दा र सुन्दा निकै दुःख लागेकाले आफुले न्यानो कपडा बाँडने अभियान सुरु गरेको उनी बताउँछन् ।
मंगलबार उनले चन्द्रपुर ९ को मुसहर बस्तीमा गएर ८० जना भन्दा बढीलाई न्यानो कपडा बितरण गरे । केहीदिन पहिला चन्द्रपुर ८ मा मुसहर बस्तीमा समेत उनले न्यानो कपडा वितरण गरेका थिए । पुस लागेपछि मात्र उनले जिल्ला आधा दर्जन पिडित बस्तिमा पुगेर न्यानो कपडा वितरण गरेको उनले बताए ।