चन्द्रपुर,२१ पुस । चन्द्रपुर नगरपालिकामा स्वास्थ्य संस्थाले निशुल्क दिने औषधी अभाव भएको छ ।
ओषधी पाँउन छाडेपछि सर्वसाधारण मेडिकलबाट महंगो शुल्कमा औषधी किनेर खान बाध्य भएका छन् ।
चन्द्रपुर नगरपालिकाले नगरभरीका स्वास्थ्य संस्थाहरुमा नेपाल सरकारले निशुल्क उपलब्ध गराएका औषधिहरु समेत उपलब्ध गराउन सकेको छैन ।
चन्द्रपुर नगरपालिकाको वडानं ९ मा रहेको डुमरिया स्वास्थ्य चौकीका प्रमुख जयलाल पंडितले नगरपालिकाको स्वास्थ्य शाखाले सर्बसाधारणले पाँउने निशुल्क औषधी नपाठाएकाले समस्या भएको बताए ।
डुमरिया स्वास्थ्य चौकीमा औषधीको नाममा सिटामोल मात्र रहेको प्रमुख पंडितको भनाइ रहेको छ ।
नगरपालिकाको स्वास्थ्य शाखाले औषधी चाडै आउँछ भनेपनि ३ महिना बितेको प्रमुख पंडितले गुनासो गरे ।
नेपाल सरकारले सरकारी स्वास्थ्य संस्थाबाट ९१ प्रकारका औषधी निशुल्क पाँउने बताएपनि रौतहटका स्वास्थ्य संस्थामा समान्य ज्वरो र रुघाखोकीको औषधी समेत सर्बसाधारणले पाँउन छाडेकाे सेवाग्रहीहरुको गुनासो छ ।
चन्द्रपुर नगरपालिकाको वाडनं १० मा रहेको स्वास्थ्य चौकीमा औषधी नभएको सो स्वास्थ्य चौकीका अहेव गोपाल प्रसाद रामले बताए ।
चन्द्रपुर नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख राजेश कुमार ठाकुरले औषधी खरिदको प्रकृयामा रहेको र एक हप्तामा नगरका सवै स्वास्थ्य संस्थामा औषधी पुग्ने जानकारी दिए ।
सामान्य रुघाखोकी, ज्वरो तथा घाउचोट लागेका विरामीलाई समेत उपचार गर्ने औषधि स्वास्थ्य संस्थामा नभएको अहेव गोपाल प्रसाद रामले जानकारी दिए ।