Thursday, January 23, 2025

निर्वाचन लोकतन्त्रको गहना हो :- डा . तुलाधर

पछिल्लाे समाचार


रौतहट ४ गते ।निर्वाचन आयोग नेपालका आयुक्त डा . जानकी तुलाधरले आवधिक निर्वाचन लोकतन्त्रको गहना रहेको बताएकी छिन ।
निर्वाचन आयोगले मंसिर ४ गते भएको निर्वाचनको मतदान अधिकृतसंग गरेको समीक्षा कार्यक्रमको उदघाटन सत्रलाई सम्बोधन गर्दै समयमा निर्वाचन सफलता पुर्वक सम्पन्न गर्न सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिएकी छिन ।
निर्वाचन आचार संहिता उलंघन गर्ने उपर दण्डात्मक कार्वाही गरिएको स्मरण गर्दै वहांले सो क्रममा ठुलो नेतासंग जरिवाना तिर्न लगाईएको बताए।
राैतहट जिल्ला अदालतका जिल्ला न्यायाधीश तथा राैतहट जिल्लाका तत्कालीन मुख्य निर्वाचन अधिकृत मातृकाप्रसाद मरासिनीले राैतहटमा निर्वाचनमा केही गडबडी हुन्छ भने कुरामा देशकै ध्यानाआकृष्ट भई रहेको अवस्थामा एक चरणमा शान्तिपुर्ण निवाचन गराउन सुरक्षाकर्मी सहित कर्मचारीलाई धन्यवाद दिए ।
पछिल्लो निर्वाचन शान्तीपुर्ण सम्मपन्न गरेर राैतहटले नयाँ रेकर्ड बनाएकोमा अब कायम राख्नु पर्नेमा उनले बताए ।
निर्वाचन आयोगका सह सचिब तुलसी बहादुर श्रेष्ठले मंसिर ४ को निर्वाचन परिणाम तथा आयोगले गरेका सम्पुर्ण प्रक्रिया समेटेर तयार पारिएको जानकारी मुलक प्रस्तुति प्रस्तुत गरेका थिए ।
सो समिक्षामा जिल्ला प्रहरी कार्यालय राैतहटका प्रहरी उपरिक्षक विरबहादुर बुढामगर ,सशस्त्र प्रहरी उपरीक्षक ध्रुव वहादुर कार्की ,राष्ट्रिय अनुसन्धानका प्रमुख चन्दन कुमार झा, जिल्ला निर्वाचन कार्यालय का प्रमुख छोटेलाल दास, नेपाल पत्रकार महासंघ राैतहटका अध्यक्ष प्रेमचन्द्र झा सहितका सरोकारवालाहरुको सहभागीता थियाे ।
साे समीक्षा कार्यक्रममा मंसिर ४ गते भएको निर्वाचनका करिव ५० जना मतदान अधिकृतकाे सहभागीता रहेकाे थियाे ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु