रौतहट ३० पुस । नदीजन्य सामाग्री उत्खननमा देखिएको समस्याप्रति निर्माण व्यवसायी संघ रौतहटको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
संघले विज्ञप्ती जारी गरी निर्माण तथा उद्योगका लागि आवश्यक कच्चा पदार्थ गिट्टी, बालुवा ढुङ्गा, माटो लगायतका निर्माण सामाग्रीहरुको उत्खनन तथा ओसारपसार मा पछिल्लो समय देखिएको समस्या प्रति संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
पटक पटक नदी तथा नदिजन्य निर्माण सामाग्री उत्खननमा देखापर्ने समस्याले उद्योग मा असर परेको उल्लेख छ।
राज्यले कसर उद्योगहरु निर्माण कार्यको मुख्य सिजनमा बिना पूर्व सूचना नियमन गर्दा कसर उद्योगहरु बाट उत्पादित निर्माण सामाग्रीहरु उत्पादन र ओसापसारमै गम्भिर समस्या आएको सघले ठहर गरेको जनाएको छ ।
प्रत्यक्ष असर राष्ट्रिय गौरवका आयोजना साथै सम्पूर्ण निर्माण कार्यहरूमा परेको संघले जनाएको छ ।
नदी तथा खानीजन्य सामग्रीहरूको उत्पादन, उत्खनन् र संकलनका रोयल्टीको निर्धारण विभिन्न स्थानीय निकायहरूले बिना मापदण्ड अनुचित रूपले फरक फरक निर्धारण गर्ने गरेको पाइएको संघले जनाएको छ ।
नदी तथा खानीजन्य उधोग सञ्चालन गर्न आवश्यक वातावरण बनाउन संघले नेपाल सरकार लगायतका सम्बन्धित सबै निकाय समक्ष जोडदार माग गरेको निर्माण व्यवसायी संघ रौतहटका अध्यक्ष कृष्णदेव यादव द्वारा हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख छ ।