Thursday, January 23, 2025

धरहरीमा दुइदिने जनचेतनामूलक कार्यक्रम सम्पन

पछिल्लाे समाचार

रौतहट ८ माघ । देवाहीगोनाहीको धरहरीमा दुइदिने जनचेतनामूलक कार्यक्रम शनिवार सम्पन भएको छ ।
देवाही गोनाही नगरपालिका वडा नं. ९ धरहरी स्थित वडा कार्यलयमा दलित समुदायिक विकास केन्द्र राजपुरको आयोजना र देवाही गोनाही नगरपालिका वडा नं. ९ धरहरीको सहयोगमा दुई दिने प्रशिक्षण कार्यक्रम भएको हो
वडा अध्यक्ष वीर बहादुर साहको प्रमुख आतिथ्यतामा शुक्रवार २ शनिवार दुई दिने कार्यक्रममा समाजिक कुसंस्कारले समाजमा परेको नकारात्मक प्रभाव र त्यसको न्युनिकरण सम्बन्धी प्रशिक्षण दिइएको थियो।
प्रमुख अतिथि वडा अध्यक्ष बिर बहादुर साहले अहिलेको अवस्थामा समाजका गलत प्रथालाई कसरी न्युनिकरण गर्न सकिन्छ भने बारे जानकारी गराएका थिए।
समाजमा हुने गरेको छुवाछुत, बाल विवाह तथा दाइजो प्रथा लगाएत समस्या समाधानका लागी जनचेतना जगाउनको अभिभावकहरुले सक्रिय भूमिका खेल्नु पर्ने बताए ।
समाजमा छुवाछुत र बाल विवाह घातक भए पनि त्यस तर्फ समाजको ध्यान नगएको भन्दै उनले दुःख व्यक्त गरेका छन ।
दुई दिने जनचेतना मुलक कार्यक्रममा वडाका करिव डेढ सय जना महिला तथा पुरुषहरुको सहभागिता रहेको थियो ।
जनचेतना मुलक सम्बन्धी कार्यक्रमको समापनमा वडा सदस्य खुबलाल दास तत्मा, गौरी शंकर पंडित संजोगिया देवी तत्मा, प्रमिला देवी साह, वडा सचिव हनुमान राय यादव, देवाही गोनाही नगरपालिकाका योजना प्रमुख मुकेश पटेल, लगाएतको उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु