रौतहट ३० पुस ।देवाही गोनाही नगरपालिकामा निःशुल्क परिवार नियोजनको स्थाई बन्ध्याकरण शिविर सम्पन भएको छ।
व्यवस्थित परिवार, सुखीको आधार भने मुल नाराको साथ जिल्ला स्वास्थ्य कार्यालय रौतहटको आयोजना र सुनौलो परिवार नेपालको संयुक्त आयोजना तथा देवाहीगोनाही नगरपालिकाको सहयोगमा तीन दिने शिविर सम्पन भएको हो । गत पुस २७ गते देखि देवाही गोनाही नगरपालिकाले संचालन गरेको नगर अस्पतालमा तीन दिने निःशुल्क परिवार नियोजन बन्ध्याकरण शिविरमा ५७ जना दम्पतीहरूले बन्ध्याकरण गराएका छन ।
वडा नं ७ मा रहेको नगर अस्पातलमा ३ दिने परिवार नियोजन शिविरको नगर प्रमुख प्रेमलाल साहले उदघाटन गरेका थिए ।
महिलाहरुका लागि मिनील्याब शिविरमा पहिलो दिन २२ जना दोस्रो दिन २२ जना र तेस्रो दिन ६ जना गरि जम्मा ५७ जना ले सेवा लिएका छन ।
नगर प्रमुख साहले नगरमा रहेका अति विपन्न तथा असहाय व्यक्तीहरुको स्वास्थ्यलाई ख्याल गर्दै नगर अस्पताल संचालनमा ल्याएको बताएका छन ।
धरहरी मौलापुर मुख्य सडक संगै जोडिएको प्रेमपुर गोनाही बजारको पुर्वमा नगरपालिकाले भाडाको घरमा नगर अस्पताल संचालनमा गर्दै आएको छ ।