रौतहट,९ माघ । रौतहटको वनबाट दाउराको नाममा काँचा सालका ससाना रुख काटेर लाने क्रम बढेको पाइएको छ ।
दाउराको नाममा वनबाट काँचा सालका लाथ्रा काटेर लाने गरेको वन कर्मचारीहरु बताउछन् ।
शनिबारको दिन जंगलमा दाउरा काटन आँउनेको भिडनै लाग्ने गरेको चोचा सव वन डिभिजन कार्यालयका प्रमुख हिरोईत चौधरीले बताए ।
चोचा वन क्षेत्रको नहर छेउ बाट वन कर्मचारीहरुको टोलीले शनिबार दाउराको नाममा काँचा सालका लाथ्राहरु बरामद गरेको चौधरीको भनाइ रहेको छ ।
सालका काँचा लाथ्रा काटनेहरु राजमार्ग पुर्व तिर आँउन थालेपछि आफुहरुले राजमार्गमै बसेर कडाई गर्न थालेको डिभिजन वन कार्यालय रौतहटका प्रमुख सुनिल कर्ण बताउछन ।
चोचा वन डिभिजनका कर्मचारी हरुले बागमती सिंचाईको नहरमा बसेर साईकलमा दाउरा लिन जानेहरुलाई लखेटदै आएका छन ।
डिभिजन वन कार्यालय रौतहटका प्रमुख कर्णले वनमा हुने चोरी तस्करी रोक्नका लागि बन कर्मचारी सकृय रहेको बताउछन ।
वनबाट दाउराका नाममा लैजाने सालका लाथ्रा स्थानीय ईट्टा उद्योग र चिरान मिल सम्म पुग्ने गरेको पाइन्छ ।
साईकलमा काँचा सालका लाथ्रा काटेर लानेले हैरान पारेको चोचा सव डिभिजन कार्यालयका प्रमुख हिरोईत चौधरीले बताए