Thursday, January 23, 2025

डिआइजी कुंवर द्वारा रौतहट प्रहरीलाइ निर्देशन

पछिल्लाे समाचार

रौतहट ५ माघ । मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त बहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय रौतहटको निरीक्षण गरेका छन ।
सिनियर प्रहरी अघिकृत , जुनियर प्रहरी अघिकृत लाई वर्तमान परिस्थितीको बारेमा चेन अफ कमाण्ड, अनुशासन, प्रहरी आचरण, शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा अनुसन्धान, अवैध भन्सार चोरी निकासी पैठारी नियन्त्रण, राजस्व चुहावट रोकथाम, आर्थिक अनियमितता, ट्राफिक नियन्त्रण तथा सि. सि. टि. भि. व्यवस्थापन लगायतका विषयमा प्रहरी युनिटहरु लाइ डिआइजी कुंवरले निर्देशन दिएका छन ।
डिआइजी कुंवरले सम्पुर्ण प्रहरी कर्मचारीहरु पुर्ण अनुशासित हुन,चेन अफ कमान्ड पालना गर्ने र गराउने,समाजमा अपराध न्युनिकरण तथा शान्ति सुरक्षा गर्ने,सिमा नाकावाट हुने तस्करीहरु नियन्त्रण गर्ने, स्थानिय सुरक्षा निकाय, जिल्ला स्थित अन्य सरकारी निकाय तथा स्थानिय तहहरुसंग सहकार्य गर्ने, भिआइपीको भरपर्दो सुरक्षा व्यवस्था मिलाउने,समुदायमा रहेका हरेक स्तरका व्यक्तिको गुनासो सुन्ने, महिला, बालबालिका, विपन्नलाई विशेष प्राथमिक्तमा राख्ने,सामुदायिक कार्यक्रम मार्फत समाजमा जनचेतना फैलाउने,अपराध अनुसन्धान तथा उजुरी छलफलमा विचौलियाको प्रभाव शून्य बनाउने, प्रहरी संगठनको छवि उच्च राख्ने कार्य गर्ने, सुरक्षाका दृष्टिकोणले महत्वपूर्ण स्थानमा सिसिटिभि जडानमा पहल गर्ने कार्यमा सहयोग गर्न ,गराउन सवै लाई निर्देशन दिएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु