Friday, January 24, 2025

चिसो बढेसगै रौतहटमा निमोनियाका बिरामी बढे

पछिल्लाे समाचार


चन्द्रपुर, २२ पुस । शीतलहर बढेसगै निमोनियाका बिरामी पनि संख्या बढेको छ ।
दिनहुँ ४-५ जना बालबालिका निमोनियाका कारण अस्पताल भर्ना हुन थालेका चन्द्रपुर अस्पतालका डाक्टर सुभाष चौधरीले बताएका छन ।
शीतलहर र चिसोका कारण बालबालिका र वृद्धवृद्धामा स्वास्थ्य समस्या देखिएको हो ।
जाडोबाट प्रभावित भएको हरुलाइ दैवि प्रकोप उद्धार समितिले मानवीय क्षति हुन नदिन चोक चोकमा दाउरा बालेर आगो ताप्ने ब्यवस्था मिलाएको छ ।
जाडोका कारण जिल्लाको जनजिवन प्रभावित बन्दै गएको छ । चन्द्रपुरका सरकारी स्वास्थ्य संस्थामा निःशुल्क पाइने औषधीको अभाव हेको छ ।
अत्याधिक चिसो बढेपछि एक दर्जन स्थानिय तहले बिधालयमा बिदा दिएका छन ।
बिशेषगरी बालबालिका,बृध्दबृध्दा,दिर्धरोगीको ध्यान दिन चिकित्सकले सल्लाह दिएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु