Thursday, January 23, 2025

चिसो बढेपछि रौतहटका केही बिधालय बन्द

पछिल्लाे समाचार


रौतहट, २० पुस । चिसो बढेपछि गौर नगरपालिकाले बुधवार देखि शुक्रवार (तीन दिन) नगरभित्र रहेका सम्पूर्ण सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
कठ्याग्रिदो चिसोबाट बालबालिकाहरुलाई सुरक्षित राख्ने उद्देश्यबाट मंगलवार नगरपालिकाको प्रमुख स्तरिय बैठकबाट शुक्रवार अर्थात पुस २० देखि २२ गते सम्म विद्यालय बन्द गर्ने निर्णय भएको हो ।
नगरपालिकाको शिक्षा संयोजक नागेन्द्र प्रसाद मण्डलद्धारा हस्ताक्षरित पत्रमा बर्खे विदाबाट कट्टा हुने गरि जाडोको विदा दिन नगरपालिका भित्रका सम्पूर्ण सामुदायिक विद्यालयलाई सर्कुलर पठाइको छ ।
अत्यधिक रुपमा चिसो बढेपछि रौतहटको फतुवा बिजयपुर नगरपालिकाले ४ दिनको लागी बिद्यालय बन्द गरेको छ । सोमबार बिद्यालयहरुलाइ पत्रचार गदै आउदो पुस २२ गते सम्म बिद्यालय बन्द गर्न पत्राचार गरेको छ । फतुवा बिजयपुर नगर क्षेत्रका सामुदायिक तथा संस्थागत बिद्यालय बन्द गर्न नगरपालिकाले पत्रचार गरेको ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु