Thursday, January 23, 2025

चिसोले रौतहटको जनजीवन प्रभाबित

पछिल्लाे समाचार


रौतहट,४ माघ / ,रौतहट लगाएत तराईका जिल्लाहरुमा केही दिनदेखि चलेको शीतलहरल र चिसोले जनजीवन प्रभाबित भएको छ।
चिसो हावा चलिरहेकोले तराई मधेसको जनजीवन प्रभावित भएको छ।  विपन्न समुदाय, बालबालिका, वृद्ध तथा बिरामी र सुत्केरी बढी प्रभावित भएको चिकित्सकहरु बताउछन् ।
अत्यधिक चिसोले रौतहटका डोम, मुसहर, ढांगर, हलखोर, चमार  समुदायको बस्ती रहेको गाउ बढी प्रभावित छ
जिल्लाको गढीमाई नगरपालिकाको हथिऔल र समनपुर, माधव नारायण नगरपालिकाको मानपुर विशुनपूर्वा, चन्द्रपुर नगरपालिकाको वडा नम्बर ९ स्थित लगाएत मुसहर बस्तीमा बस्दै आएका दलितहरु जाडोमा अत्यन्तै कष्टकर जीवन बिताइरहेका छन्।
अत्यधिक जाडोले पालेको बंगुर पनि धमाधम मर्न थालेपछि पिडित बनेको डोम समुदायको भनाइ छ।
गढीमाई नगरपालिका ३ हथियौलको डोम बस्तीमा घरको छानो जस्ताले छाएको हुनाले रातभरि शीत चुहिएर बसिनसक्नु भएको स्थानीयको भनाइ छ।
  शीतलहर बढेपछि स्वास्थ्य केन्द्रहरुमा बिरामीको संख्या बढेका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु