चन्द्रपुर ५ माघ । चन्द्रनिगाहपुरमा पछिल्लो समय घरजग्गा कारोवार घटेको छ ।
चन्द्रपुरको घर जग्गा कारोवार सुस्ताएको छ । घर जमिन बिक्रि हुन छाडेपछि केही जग्गा धनीले अहिले दैनिक स्थानीय संचारमाध्यममा घर जग्गा बिक्रिको सुचना प्रकाशन र प्रशारण गराउन थालेका छन ।
पास गर्ने ग्रहकका लागि केही व्यापारीले बिषेश छुटको समेत व्यावस्था गरेर बिज्ञापन दिन थालेका छन ।
बैकले समेत घर जग्गामा लगानी गर्न छाडेका कारण चन्द्रनिगाहपुरका जग्गा कारोबारी मर्कामा पर्न थालेको गुनासो छ ।
जमिन पनि नबिक्ने र बैंकको व्याज समेत बढ्दै गएका कारण जमिन कारोवारी मर्कामा परेको व्यवसायीको गुनासो छ ।
पछिल्लो समय चन्द्रपुरको नापी र मालपोत कार्यालयमा समेत सेवाग्राहीको संख्या घट्दै जान थालेको छ ।
मालपोत कार्यालय चन्द्रपुरका नायव सुब्बा केशव भट्टराईले पछिल्लो समय सेवाग्राहीको संख्या घटेको बताएका छन ।