रौतहट २० पुस। तोकिएको समय भित्र साधारण सभा नभएको भन्दै खानेपानी तथा सरसफाई उपभोक्ता समिति चन्द्रनिगाहपुर मा ज्ञापन पत्र बुझाईको छ ।
नेकपा माओबादी केन्द्र ४ वडाकमिटिले समितीको हिसाब पारर्दशिता गर्नुपर्ने, चाडै साधारण सभा गर्नु पर्ने लगायतको माग राख्दै बुधवार ज्ञापन पत्र बुझाएको छ ।
नेकपा माओबादी केन्द्र ४ नम्वर कमिटिका अध्यक्ष डिम कुमार दुलालको नेतृत्वको टोलिले समितिका अध्यक्ष दिपक धिताल लाई ज्ञापन पत्र बुझाएको हो ।
चन्द्रनिगाहपुर खानेपानीमा बेथिति, अनियमितता र लापरबाही बढेकोले त्यसको अन्त्यका निमित्त नेकपा (माओवादी केन्द्र) चन्द्रपुर -४ नं वडा कमिटीले ७ बुँदे मागसहित ज्ञापनपत्र बुझाएको छ ।
ज्ञापन पत्र लिदै समितिका अध्यक्ष धितालले आउदो फागुन मसान्त भित्र साधारण सभा गर्ने बताए ।
समितिको हिसाब सचिब राम बहादुर घलानको जिम्मामा रहेकाले उनीसग समन्वय गरेर हिसाब सार्बजनिक गरिने अध्यक्ष धितालले बताएका छन ।