रौतहट २९ पुस । चन्द्रनिगाहपुरमा विद्युतीय सवारी साधन चार्जिङ स्टेशन निर्माण हुने भएको छ ।
चन्द्रपुर नगरपालिका वडा नम्बर ४ स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय नजिकैको स्थानमा विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माण हुने भएको हो ।
मधेश प्रदेशको नबप्रबर्दन साझेदारी कोष र चन्द्रपुर नगरपालिकाको संयुक्त लगानीमा विद्युतीय चार्जिङ्ग सेन्टर निर्माण हुने भएको छ ।
करीव २ करोड १४ लाखको लागतमा आउदो जेठ सम्म निर्माण पूरा हुने चन्द्रपुर नगरपालिकाको योजना शाखाका ईन्जिनियर महेश बोहोराले बताए ।
सुबिधा सम्पन्न चार्जिङ्ग सेन्टरमा कम्पाउण्डवाल, आधुनिक बिधुतीय गाडी चार्ज स्टेसन, प्रतिक्षालय, बालबालिकाको लागि खेल्ने स्थान, शौचालय लगायतका पुर्बाधार रहने ईन्जिनियर बोहोराले जानकारी दिए ।