रौतहट, २२ पुस । गरुडा नगरपालिकाले शिक्षकहरुलाई सरुवा गरेको प्रति प्रधानाध्यापक प्रभु पटेल आपति जनाएका छन । गरुडा नगरपालिकाको नगरकार्यपालिकाको बैठकले नगरपालिकाको मातहातमा रहेको चार ओटा विधालयका प्रधानाध्यापकहरुलाई सरुवा गर्ने निर्णय गरेको थियो ।
सोहि निर्णयको आपति जनाउदै गरुडा नगरपालिकाका ४ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापक हरुले विरोध जनाएका छन ।
गरुडाका सामुदायिक विद्यालयहरुमध्ये नमुना मावि गरुडाका प्रधानाध्यापक प्रभु पटेल ,मावि नयाँ गम्हरिया श्रीपुरका प्रधानाध्यापक रामआधार पासवान र मावि गेडाहीगुठीका प्रधानाध्यापक जंग बहादुर ठाकुरलाई सरुवा गरेपछि नगर भरिका सामुदायिक विद्यालयहरूका प्रधानाध्यापकहरु बिरोधमा उत्रिएका हुन ।
उनीहरु पत्रकार सम्मेलन गरी नमुना मावि गरुडाका प्रधानाध्यापक प्रभु राउत पटेल ले नगरपालिकाको बोर्ड वैठकले गरेको सरुवा नियमविपरित रहेकोले सबै प्रधानाध्यापकहरुको गम्भिर ध्यानाकर्षण भएको जनाएका छन ।
शिक्षा ऐन २०२८ शिक्षा नियमावली २०५९ तथा स्थानिय सरकार सञ्चालन ऐन २०७४ मा तोकिएको शिक्षक सरुवा प्रक्रिया विपरित सरुवा गरे कार्य गैर कानुनी प्रति हामि सबै प्रधानाध्यापकको गम्भीर ध्यानाकर्षण भएको र तुरुन्त यो निर्णयलाई बदर गर्न नगर प्रमुख कन्थमनि प्रसाद जैसवालसंग आग्रह गरेका छन ।
शिक्षा ऐन २०२८ शिक्षा नियमावली २०५९ अनुसार सरुवा गर्ने निर्णय जिल्ला शिक्षा समन्वय ईकाई र नगरपालिका तथा शिक्षकको सहमतिमा सरूवा गर्ने अधिकार मात्र रहेको र त्यस बाहेक अरुको अधिकार नरहेको उनले बताए ।