Thursday, January 23, 2025

गरुडाका स्वास्थ्य चौकीमा ल्यापटप , प्रिन्टर सहित औषधी हस्तान्तरण

पछिल्लाे समाचार


रौतहट ९ माघ । गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमणी जयसवालले स्वास्थ्य चौकीहरुमा ल्यापटप , प्रिन्टर लगायत विभिन्न औषधीहरु हस्तान्तरण गरेका छन ।
गरुडाका नगर प्रमुख कन्थमणि प्रसाद जयसवालले सोमबार आफ्नो नगर क्षेत्रभित्र रहेका ९ ओटा स्वास्थ्य चौकीहरुमा प्रति स्वास्थ्य चौकी एक ल्यापटप , एक प्रिन्टर वितरण गरेका हुन ।
स्वास्थ्य चौकीहरुमा ल्यापटप तथा प्रिन्टरहरु आवश्यक भएकाले सहज रुपमा सेवाग्राहीहरुलाई सेवा प्रदान गर्न सामग्री हस्तान्तरण गरेको नगर प्रमुख जयसवालले बताए ।
त्यसैगरि नगर प्रमुख जयसवालले स्वास्थ्य चौकीहरुमा ७६ प्रकारका विभिन्न औषधीहरु हस्तान्तरण गरेका छन ।
पछिल्लो समय नगर प्रमुख जयसवालले स्वास्थ्य शिक्षामा बिशेष जोड दिदै आएका छन ।
गरुडा नगरपालिकामा रहेका ९ ओटै स्वास्थ्य चौकीहरुमा सो सामग्रीहरु वितरण गरेका छन ।
गरुडा नगरपालिका भित्र रहेका स्वास्थ चौकीहरुमा ल्यापटप , प्रिन्टर लगायत विभिन्न औषधी र उपलब्धता संगै सहज रुपमा सेवाग्राहीहरुलाई सेवा प्रदान गराउन मद्द्त पुग्ने नगर प्रमुख जयसवालले बिश्वाश लिएको बताएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु