Wednesday, January 22, 2025

गरुडाका प्रधानाध्यापकको सरुवा बदर

पछिल्लाे समाचार


रौतहट २९ पुस ।गरुडा नगरपालिकाले प्रधानाध्यापकहरुको सरुवा गरेकोमा  शिक्षा विकास तथा समन्वय इकाई रौतहटले सरुवा बदर गरिदिएको छ ।
गरुडा नगरपालिकाको नगरकार्यपालिकाको बैठकले नगरपालिकाको मातहातमा रहेको चार वटा बिधालयका प्रधानाध्यापकहरुलाई सरुवा गर्ने निर्णय गरेको थियो ।
शिक्षा विकास तथा समन्वय इकाई रौतहटले मंगलबार सो निर्णय गैर कानुनि रहेको भन्दै खारेज गरिदिएको छ ।
संघर्ष समिति संयोजक चुनचुन साह, राजकुमार दास र संघर्ष समितिका सचिव नागेन्द्र चौरसियाको नेतृत्वमा गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमनि प्रसाद जैसवाल र ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरिक्षक बरुण बहादुर सिंहलाई ज्ञापन पत्र बुझाएका थियो ।
नमुना मा.बि गरुडा ,मा.बि नयाँ गम्हरिया श्रीपुर ,मा.बि जिगडिया र मा.बि गेडहीगुठिका प्रधानाध्यापकहरुलाई  गैर कानुनी तरिकाले सरुवा गरेको शिक्षा विकास तथा समन्वय इकाई रौतहटका प्रमुख राम बिनय कुमार सिंहले बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु