Thursday, January 23, 2025

कटहरिया नपालाइ ७० लाखको स्वास्थ्य सामाग्री सहयोग

पछिल्लाे समाचार


रौतहट २८ पुस । कटहरिया नगरपालिका वडा नम्बर ५ स्थित  प्राथमिक स्वास्थ्य केन्द्रलाई करिब ७० लाख मुल्य बराबरको ल्याब सम्बन्धि सामाग्री तथा उपकरण हस्तान्तरण गरिएको छ ।
मेयर जयसवालले स्वास्थ्य केन्द्रका ईन्चार्ज डा.अनिल साहलाई सो सामग्री हस्तान्तरण गरेका छन।
मधेश प्रदेश सरकारको प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामको सहयोगमा प्राप्त माइक्रोस्कोप,इसिजि मेसिन सहितका विभिन्न स्वास्थ्य सामाग्रीहरू कटहरीया प्राथमिक स्वास्थ्य केन्द्रलाइ हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष सर्फलाल गुप्ता,वडा नम्बर ८ का वडा अध्यक्ष समिशबिक्रम शाह,कार्यपालिका सदस्य दिलिप साह,पत्रकार प्रकाश श्रेष्ठ, स्वास्थ्य संयोजक सन्जय साह लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु