रौतहट १२ माघ । स्थानिय तहका जनप्रतिनिधिहरूले सवारी साधनको दुरुपयोग गरेको गुनासो छ ।
नागरीकको काम मा सहज होस भन्ने उदेश्यले नगर प्रमुख र उपप्रमुखलाई सवारी साधनको व्यवस्था गरेको छ ।
जनप्रतिनिधिहरूले नागरीकको भन्दा आफने काम गर्न बढी प्रयोग गर्ने गरेको पाइएको छ।
केहिदिन अघि देवाही गुनाही नगरपालिकाकी नगर उप प्रमुख परनिया देवी सरकारी ले सवारी साधनको दुरुपयोग गरेको गुनासो छ ।
उनसे नगरपालिकाको सरकारी नम्बर को गाडी भारतको बैरगनिया समान खरिद गर्न लगेको भेटिएको हो।
आफनो निजी कामको लागी उप प्रमुख परनिया देवीले सरकारी गाडी र इन्धनको दुरुपयोग गर्दै भारतको बैरगनिया लगेपछि उनको बिरोध हुँदै आएको छ ।