रौतहट,१८ पुस । आम जनता पार्टीको रौतहट जिल्ला अध्यक्षको जिम्मेवारी धर्मेन्द्र पटेलले पाएका छन् ।
प्रभु साहको नेतृत्वमा नवगठित आम जनता पार्टी (आजपा)ले मधेश प्रदेशका आठ जिल्लाको विभिन्न पदाधिकारी तोकेको छ ।
सो पार्टीले पर्सादेखि सप्तरीसम्म आठ जिल्लाको संयोजक, सचिव तथा इन्चार्जको जिम्मेवारी तोकेको हो ।
पार्टी अध्यक्ष प्रभु साहले जिम्मेवारी बाँडिएको जानकारी गराएका छन्।
पर्सा जिल्ला संयोजकमा कमद रसुल, सचिवमा विश्वराज पटेल र इन्चार्जमा बाबुराम कौशिक तोकिएका छन् भने बाराको अध्यक्ष, सचिव र इन्चार्जमा क्रमशः उमेश कुशवाहा, राजकिशोर साह र अशोक लामा तोकिएका छन् ।
पार्टी अध्यक्ष साहको गृह जिल्ला रौतहटको अध्यक्षमा धर्मेन्द्र पटेल, सचिवमा पटल चौधरी र इन्चार्जमा त्रिभुवन साह अमर रहेका छन्।
पार्टी गठन अघि पटेल जसपाको जिल्ला इन्चार्ज तथा अमर नेकपा एमालेको जिल्ला अध्यक्ष रहेका थिए ।
सर्लाहीको अध्यक्षमा तुल्सीप्रसाद हुमागाईँ, सचिवमा नवीन साह र इन्चार्जमा रीतादेवीलाई चयन गरिएको छ ।
यसै गरी महोत्तरीको अध्यक्षमा विजय साह, सचिवमा प्रमोद महतो र इन्चार्जमा राधेश्यामलाई जिम्मेवारी दिइएको छ भने धनुषाको अध्यक्ष श्रीलाल महासेठ, सचिव बलदेव साह र इन्चार्जमा श्रीलाल महासेठलाई तोकिएको छ ।
सिराहाको अध्यक्षमा उदय साह, सचिवमा धर्मेन्द्र महरा र इन्चार्जमा बिल्टु यादवलाई तोकिएको छ भने सप्तरीको अध्यक्षमा शिवकुमार महरा, सचिवमा सुनिल राज दास र इन्चार्जमा आरडी आजाद तोकिएका छन् ।