काठमाण्डौ २४ पुस। आम जनता पार्टीका केन्द्रीय अध्यक्ष प्रभु साहले आफ्नो नाम जोडेर केही अनलाइनमा भ्रमपुर्ण समाचार आएको बताएका छन ।
नेता साहले जिम्मेवार अनलाईन मिडियाको गैरजिम्मेवार समाचार भनी टिप्पणि गरेका छन ।
आफ्नो नाम जोडेर संसदको प्रतिपक्षमा बस्ने भनी आएको संसद सचिवालय र अनलाईन को खबर भ्रमपूर्ण, कपोकल्पित एवं गैरजिम्मेवारपूर्ण रहेको अध्यक्ष साहले बताएका छन ।
समाचारप्रति गम्भीर ध्यानाकर्षण जनाउदै अध्यक्ष साहले यसरी चरित्र हत्याको दुस्प्रयास गर्नु खेदजनक रहेकोले सार्वजनिक रुपमा माफी माग्दै समाचारमा सुधार गर्न सम्बन्धित पक्ष सग माग गरेको जनाएका छन ।