सर्लाही,२५ पुस । सर्लाहीका प्रहरी प्रमुख एसपी नरेशराज सुवेदीले कानुनले बन्देज गरेका कुनैपनि गतिविधि गर्न नदिने बताएका छन ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीमा सरुवा भएर आएका एसपी सुवेदीले कानुनले बन्देज गरेका सबै किसिमको अबैध काम बन्द गर्ने बताएका छन ।
एसपी सुवेदीले लागू ओषधको कारोबार नियन्त्रण गर्ने बताउदै आफु सर्लाही आएदेखि १३ जना कारोबारीलाई पक्राउ परिसकेकाे जानकारी दिएका छन ।
ठुलो परिमाणको गाँजा खेती नष्ट गरिएको र अझै बाँकी रहेका स्थानको खोजी गर्न टोलि परिचालन भएको एसपी सुवेदीले बताए ।
सर्लाहीको अर्को समस्या तस्करी रहेकाले संभावित स्थानमा चेकजाँच कडा पारिएको र प्रहरी ले राजस्व बढाउने काम मा सक्रियहुने एसपी सुबेदीले बताएका छन ।