रौतहट २५ पुस। फतुवाबिजयपुर नगरपालिका १ मा रहेको दलित प्राथमिक विद्यालयका लागि किनेको ४ कठ्ठा जमिन एक गेरसरकारी सस्थाको नाममा रजिस्ट्रेसन भएको पाइएको छ ।
विद्यालयको नाममा किनेको जमिनमा भवन समेत निर्मण गरिएको छ । जमिन र भवन को स्वामित्वमा नरहेकाले चौरमा कक्षा संचालन गर्न बाध्य भएको शिक्षकहरुले बताएका छन ।
भवन भएपनि बिधालयको नाममा नरहेकाले बिधार्थी भवनमा नबसेर चौरमा बोरा ओछ्याएर पढ्दै आएको विद्यालयका प्रधानाध्यापक राजेन्द्र हजराले बताए।
तत्कालिन वडा अध्यक्ष संजय साहसे आफुले बिधालयको नाममा जमिन किन्न खोजेको र बैना समेत दिएको तर तत्कालिन मेयर गोपाल यादव ले जमिन रजिष्टेसन नगरेकाले सो जमिन तराई मधेश सहित स्मृती प्रतिष्ठानको नाममा रजिष्टेसन भएको बताएका छन ।
सो नगरपालिकाका मेयर गोपाल यादव दोस्रो कार्यकाल चुनाव जिते पनि भष्टाचार मुद्दा लागेपछि निलम्वनमा छन ।
उपमेयर अम्बेवा खातुनले सो विद्यालयको विषयमा आफुलाइ थाहा नभएको बताएकी छिन ।
फतुवाबिजयपुर नगर शिक्षा प्रमुख तेज नरायण यादवले जमिन र भवन विद्यालयको नामा नभएकाले दलित प्राथमिक विद्यालयका विद्यार्थी चौरमा पढ्न बाध्य भएको बताएका छन ।
विद्यालयले नगरपालिकाबाट बार्षिक रुपमा १० लाख पाउने गरेको छ । शिक्षा प्रमुख यादवले १० लाखबाट बालबिकास शिक्षक, परिचर ,दुइ जना शिक्षक लाई तलव दिने गरेको बताए ।
तराई मधेश समृदी कार्यक्रम अन्तरगत २५ लाखमा खर्च गर्दापनि विद्यार्थी लालबकैया नदि किनारमा चिसो मा भुइमा बसेर पढ्न बाध्य रहेको स्थानियको गुनासो छ ।