Thursday, January 23, 2025

सोनाम ल्होसार हर्सोउल्लासका साथ मनाइयो

पछिल्लाे समाचार

रौतहट ८ माघ । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व विविध कार्यक्रमको  आयोजना गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५९औं वर्ष सुरु भएको छ । आजदेखि बाघ वर्ष पूरा गरी खरायो वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ ।
मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
रौतहटको  तामाङ जातिको बस्ति गाउहरु  यो पर्व विशेषरूपमा मनाइन्छ ।
नुनथर, शहिदपार्क लगाएतका ठाउमा आज सोनाम ल्होसार पर्व मनाउन परम्परागत भेषभुषामा सजिएर युवायुवतीहरु ले खुशीमनाएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु