रौतहट १२ माघ ।आज श्रीपञ्चमी अर्थात सरस्वती पुजा धुमधामका साथ मनाइदै छ ।
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाउने गरिन्छ ।
आज बालबालिकालाई अक्षर आरम्भगराउने सर्वोत्तम दिन समेतको रुपमा लिने गरीन्छ ।
मन्दिर,बिधालय तथा घरमा सरस्वतीको पुजा अराधना गर्नाले विद्या प्राप्ति हुने धार्मिक विश्वास छ ।
विशेषगरी विद्यार्थी, शिक्षक, साहित्यकार, कलाकार, पत्रकारहरुले किताब, कापी, कलम, वाद्ययन्त्र, कुचीलगायतको समानलाइ श्रद्धापूर्वक पूजा गर्दछन् ।
सूर्य उत्तरतिर लागि दिन लामा हुनेर बसन्त ऋतु सुरु हुने भएकाले यस दिनलाई बसन्तपञ्चमी पनि भन्ने गरिन्छ ।
आजबाट शिशीर ऋतुको समाप्ति र वसन्त ऋृतुको सुरुवात हुने गर्दछ । हिन्दु धर्मालम्वीका साथै बौद्ध धर्मालम्बीहरुले पनि विद्याकी प्रतीक मञ्जुश्रीको पुजा आरधना गर्ने चलन छ ।
ऋतुहरुको राजा वसन्तको सुरुवात हुने दिन भएकाले यस दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ ।
संगीत, कला, साहित्य र विद्याकी खानी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी स्तोत्रपाठ गरेमा पढ्न आउँछ भन्ने धार्मिक विश्वास छ ।
सरस्वतीलाई महाविद्या, महावाणी, भारती, शारदा, आर्या, ब्राह्मी, कामधेनु, वेदगर्भा, धीश्वरी नामले समेत सम्बोधन गरिन्छ ।