रौतहट ५ माघ । गरुडा नगरपालिका अन्तर्गत पर्ने शिवनगर स्थित स्वास्थ्य केन्द्रलाई सुत्केरी गराउने बेड हस्तान्तरण गरिएको छ ।
गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद जैसवालले महम्मदपुर हेल्थपोस्ट शिवनगरलाई एक थान बेड सहित स्वास्थ्य समाग्री हस्तान्तरण गरेका हुन।
गर्भवती महिलालाई प्रसुती सेवा दिन समस्या आएको अवस्थामा मेयर जेसवालको पहलमा बेडको ब्यवस्था गरेको जनाएक छ ।
हेल्थपोस्टलाई चाहिने सम्पुर्ण समाग्री बेलाबेलामा उपलब्ध गराउने मेयर जयसवालको भनाइ छ ।
शिवनगर स्थित रहेको महम्मदपुर हेल्थपोस्टको अनुगमन तथा निरीक्षन गर्ने क्रममा धेरै जसो श्रोत साधनको अभाव देखिएको हेल्थपोष्टका ईन्चार्ज कमोद यादवलाई मेयर जयसवालले आवश्यक पर्ने सवै साधन जुटाउन सहयोग गर्ने बताए ।
निरिक्षणका क्रममा अस्पतालको शौचालय ,अस्पताल परिसरको फोहर र दुर्गन्धितले अस्पतालमा बस्नै नसकिने अवस्था रहेको उनले बताएका छन ।
बेड हस्तान्तरण कार्यक्रममा गरुडा नगरपालिकाका वडा नम्बर–५ का वडा अध्यक्ष रामबिनोद साह, पुर्व मुखिया रामाकान्त राउत, मंजय मिश्र, अस्पतालका सम्पुर्ण कर्मचारीहरुको उपस्थिती रहेको थियो ।