गरुडा १६ माघ ।विद्यालयमा ताल्चा लगाएर नगरपालिकाको शिक्षा शाखा मा काम गर्न गएका एक शिक्षकलाई शिक्षा विकास तथा समन्वय इकाई रौतहटले कारबाही गरेको छ ।
रौतहटको माधवनारायण नगरपालिका १ दीपहीस्थित प्राथमिक विद्यालयमा प्रअकों समेत जिम्मेवारी सम्हालेका शिक्षक जगन्नाथ यादवलाई समन्वय इकाईले कारबाही गरेको हो । . विद्यालय बन्द गरी नगरको शिक्षा शाखाको काम गर्न गएका हुन ।
शिक्षक यादव गत वैशाखमा स्थानीय तहको निर्वाचन हुनुभन्दा पहिलेको माधव नारायण नगरपालिकाको नेतृत्वले शिक्षक यादवलाई नगरपालिकाको शिक्षा शाखा संयोजक बनाएको थियो ।
शिक्षक यादव विद्यालयको प्रधानाध्यापक भएको समयमा नगरपालिकाबाट लाखौँ बजेट आएको र हिनामिना भएको आरोप स्थानीयले लगाउने गरेका छन् ।
विद्यालयमा ताल्चा लगाएर नगरपालिकाको शिक्षा शाखा हेर्न जाने नगरको शिक्षा शाखामा कर्मचारी शिक्षक यादवविरुद्ध स्थानीय अभिभावक आक्रोशित छन ।
वडा कार्यालयले विद्यालयको वातावरण सुधार्न र विद्यालयको काम गर्न नटेरेपछि वडा कार्यालयले शिक्षा विकास समन्वय इकाई गौरमा पत्राचार गरेको नगरपालिकाले जनाएको छ ।
शिक्षक यादवले विद्यालय नै बन्द गरेर नगरपालिकाको कामकाज गर्न थालेपछि योग्यता पुगेका शिक्षकलाई नै शिक्षा विकास तथा समन्वय इकाइले माधव नारायण नगरपालिकालाई
शाखा हेर्न स्नातकोत्तर गरेका माध्यमिक शिक्षक मध्ये बाट एक जनालाई जिम्मेवारी दिन पत्राचार गरेको छ ।