Friday, January 24, 2025

विभेद रहित शिक्षा पद्धती लागु हुन्छः मेयर काफ्ले

पछिल्लाे समाचार

रौतहट ७ माघ ।चन्द्रपुर नगरपालिकाका मेयर सञ्जय काफ्लेले निजी विद्यालयलाई समेत मुल प्रवाहमा समेट्दै विभेद रहित शिक्षा निति ल्याउन पहल गर्ने बताएका छन ।
चन्द्रपुरमन सुरु प्याबसन चन्द्रपुरको दुई दिने कार्यशाला गोष्ठिलाई सम्बोधन गर्दै मेयर काफ्लेले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन ।
आजको शिक्षाले नै बालबालिकाको भविष्य निर्धारण गर्नेहुदा विद्यालयको भौतिक मात्र नभएर नितिगत सुधार समेत आवश्यक रहेको मेयर काफ्लेको भनाइ छ ।
उनले आवासिय विद्यालयको अवस्था समेत सन्तोष जनक नरहेको भन्दै विद्यालय र शिक्षाको नितिबारे समग्र नगरपालिका चिन्तित रहेको बताए ।
मेयर काफ्लेले नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुको स्तर उकास्नका लागि आवश्यक कदम चाल्न उचित सल्लाह, सुझाव दिन पनि शिक्षक तथा प्याब्सन प्रतिनिधीहरुलाई अनुरोध गरेका छन ।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्याब्सन मधेश प्रदेश अध्यक्ष दिपक रेग्मिले समयसापेक्षा शिक्षा पद्धति परिमार्जन गर्दै जानुपर्नेमा जोड दिए ।
रेग्मिले शिक्षा प्रवाहमा शिक्षक नै मुल आधार भएकाले शिक्षकहरुमाथी बढि लगानीगर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा चन्द्रपुर नगरपालिकाका उपमेयर जयमाला चौधरी, प्याब्सनका केन्द्रिय सचिव कुल बहादुर थापा, केन्द्रिय सदस्य शंकर साह लगाएत प्याब्सन अन्तर्गतका बिद्यालयका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।
प्याब्सन चन्द्रपुरका अध्यक्ष लोक बहादुर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजिकरण माउण्ट एभरेष्ट आवाशिय विद्यालय चन्द्रपुरका प्रधानाध्यापक अच्युत हुमागाईले गरेका छन ।
कार्यशालामा नगरभित्रका प्याब्सन अन्तर्गत पर्ने १३ निजि तथा सामुदायिक बिद्यालयका शिक्षकहरुको सहभागीता रहेको छ । कार्यशालामा पिएचडि होल्डर बासु सुवेदीले शिक्षकहरुलाई प्रशिक्षण दिएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु