रौतहट ४ माघ । लायन्स क्लव इन्टरनेसनल डिस्ट्रिक ३२५ एच नेपालको सहयोगमा रौतहटका केही मदरसा , दलित बस्ति र अस्पतालका बिरामीलाइ कम्वल बितरण गरिएको छ ।
चन्द्पुर ४ को मदरसा इस्लामिया , गुजरा ६ को जामिया सुफतुल ईस्लाम खतबैहिया, बृन्दावन ७ को डोम बस्ति र बृन्दावन नपा ३ को मदरसा तुल अवरार अल इस्लामिया पिपरा टोल र सिभिल हस्पिटल का बिरामी लाई बुधवार फाइवरको सिरक बितरण गरिएको छ ।
लायन्स क्लव इन्टरनेसनल डिस्ट्रिक ३२५ एच नेपालको सहयोगमा कम्वल बितरण गरिएको छ ।
कम्बल चन्द्रपुर, गुजरा, वृन्दावन नगरपालिका,मदरसा र सिभिल हस्पिटलका बिरामी ,डोम बस्तिमा बितरण गरिएको छ ।
सिरक बितरण शेख अजहरुदिन को अध्यक्षतामा भएको छ भने लायन्सका डिस्ट्रिक चिफ एडभाइजर खडक बहादुर बम्जन,क्याबिनेट ज्वाइन्ट सेक्रेटरी दिपक रेग्मी ,जोन चेयर पर्सन बासुदेव अधिकारी, सुप्रिम एफएमका अध्यक्ष फणि महत, लायन्स फेमिना सचिव निर्मला सुवेदी,सदस्यहरु राजन साह,सुवोध कोइराला,सैफुल्लाह देवान,मनोज कुमार चौधरी,बिजय बाबू चौधरी,सगुनी कुमार साह लगाएत स्थानिय सामाजीक अगुवाहरुको उपस्थिती रहेको थियो ।
जाडो पिडित बालबालिकाहरु लाई राहत होस भन्ने उदेश्यले सिरक बितरण गरेको लायन्सका क्याबिनेट ज्वाइन्ट सेक्रेटरी दिपक रेग्मी ले बताएका छन ।
जाडोमा सिरक पाएपछि धेरै राहत महसुस भएको धमौरा स्थित डोम बस्ति का दिपेन्द्र मलि डोमले खुशी व्यक्त गरे ।