रौतहट ७ माघ । रौतहट कुखुरा व्यवसायी संघको पहिलो वार्षिक साधारण सभाको अधिवेसन शनिबार गौरमा सम्पन्नन भएको छ ।
संघको पहिलो अधिवेशनबाट हरिशंकर साहको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको छ ।
संघको कोषाध्यक्षमा उमाशंकर साह, उपाध्यक्षमा रंजित राम र सचिवमा राधेश्याम साह गरि ११ सदस्यीय कार्यसमितिको गठन गरिएको छ ।