काठमाडौं ७ माघ । सरकारले ४२ जना प्रमुख जिल्ला अधिकारी र ७ जना सहायक प्रमुख जिल्ला अधिकारीसहित ७० जना सहसचिव र उपसचिवको सरुवा गरेको छ ।
उपप्रधान तथा गृहमन्त्रीस्तरीय निर्णयानुसार सबै सहसचिव र उपसचिवहरूलाई काज सरुवा गरिएको हो ।
सरुवा हुनेमा सिडिओ, सहायक सिडिओका साथै जेलर, निर्देशक सरुवा भएका छन ।
रौतहटमा कृष्ण बहादुर शाहीको स्थानमा धर्मेन्द्र कुमार मिश्रले सिडिओ को जिम्मेवारी पाएका छन ।