रौतहट २५ पुस ।सुरक्षित घरबास सबैलाई, खेति योग्य जमिन किसान लाई भन्ने नाराका साथ राष्ट्रिय भूमि अधिकार मन्च नेपाल रौतहटको पाँचौ जिल्ला अधिवेशन सोमवार चन्द्रपुरमा सम्पन्न भएको छ ।
हातेमालो सामुदायिक वनको कार्यालय चन्द्रपुर ६ मा जिल्ला अधिवेशन संम्पन्न भएको हो ।
भेलाले चन्द्रमान थिङको अध्यक्षतामा १३ सदस्यता जिल्ला कार्य समिति गठन भएको छ ।
उपाध्यक्ष रिता चौधरी, सचिवमा जित बहादुर बिक,कोषाध्यक्षमा रेणु मगर,सहसचिव सुनैना देवि राम रहेका छन ।
राष्टिय भुमि आयोग रौतहट का अध्यक्ष लक्ष्मण रेग्मी प्रमुख अतिथी,बिशिष्ट अतिथि राष्टिय भुमि अधिकार मन्चका केन्द्रय सदस्य फौद सिह स्याङबो, अतिथिहरुमा सामुदायिक बन उपभोक्ता महासघ रौतहटका अध्यक्ष बाबुराम दाहाल ,चन्द्रपुर ६ का वडाअध्यक्ष सहदेव केसी, मुसहर समुदायका अगुवा अनुप माझी मुसहर,सामुदायिक बन उपभोक्ता महासघका राम बहादुर घलान लगाएत बारा,महोतरी जिल्लाका अतिथीहरुको आतिथ्यता रहेको थियो ।
भेलामा करीव ३ सय जना भुमिहिन किसानहरुको उपस्थिती रहेको थियो ।