Thursday, January 23, 2025

मौलापुरको एतिहासिक महाकार पोखरी संरक्षणको पर्खाइमा

पछिल्लाे समाचार

रौतहट २२ पुस ।मौलापुर नगरपालिका वडा नम्बर ६ र ७ जोड्ने बाटो झेउमै रहेको प्रसिद्ध महाकार पोखरी  माफियाहरुको चपेटामा परेको छ ।
माबि पथरा को  पोखरी माफियाहरुले कमाउने साधनको रुपमा मात्रै प्रयोग गर्दै आएका छन्।
एउटा छुट्टै इतिहास बोकेको महाकार पोखरी विगत लामो समयदेखि करोडौमा ठेक्क लाग्दै आएको छ ।
पहिले ५ लाख मा ठ्क्का लाग्ने पोखरी डेढ करोड सम्ममा ठेक्का भएको स्थानिय बताउछन ।
पोखरी ठेक्का वापतको रकम हिनामिना हुँदै आएको स्थानिय बताउछन ।
उक्त ठेक्का बापतको रकमबाट  न महाकार बाबाको मंदिर निर्माण भयो नत पोखराको भौतिक संरचना को बिकास भयो स्थानिय प्रश्न उठाउछन ।
मावि पथराको  पर्यटकीय क्षेत्रको सम्भावना बोकेकाे महाकार पोखरालाई कुनै निकायले ध्यान नदिएको स्थानियको गुनासो छ । महाकार बाबालाई  हप्ताको हरेक आइतबार र मंगलबारको खिरभोजन (दूध र चामल मिसाइ बनाइएको प्रसादी) चढाउनेको घुइँचो लाग्छ ।
जिल्ला रौतहट तथा बारा, सर्लाही लगायत छिमेकी राष्ट्र भारतको पुर्वी चम्पारण तथा मोतिहारी जिल्ला सम्मको मानिसहरुले महाकार बाबाको प्रतिमामा खिर चढाउने चलन छ ।
स्थानियले  पोखरीलाई सौन्दर्यीकरण गर्न माग गर्दै आएका छन ।
नेता,बिधालय व्ववस्थनपन समिति, नगरपालिका ले बिधालयको  सम्पत्ति संरक्षणका  कदम चाल्नुपर्ने अभिभावकहरुको माग छ ।
रौतहटको बंकुल सिमाना देखि ५ किलोमिटर उत्तर,   बारा जिल्ला भन्दा ३ किलोमिटर पश्चिम र मौलापुर नगरपालिका भन्दा ३ किलोमिटर दक्षिणमा अवस्थित महाकार पोखरी सौन्दर्यीकरणको पर्खाइमा रहेको स्थानिय पत्रकार बिमलेस कुमार झाले जनाएका छन ।
मौलापुर ना.पा. ६ को श्री उच्च माध्यमिक विद्यालय पथरा बुधराम मा पर्ने माहकार पोखरी को पैसा हिनामिना भएकाले स्थानियले छानबिनको माग गर्दै आएका छन ।
पोखरीको टेन्डर  २०७६ अषाढ ३ गते १ करोड ६० लाखमा बिक्री गरिएको थियो ।
माहकार बाबा एउटा पौराणिक मंन्दिर पनि हो । मन्दिरमा भाकल पुरा भएपछि आइतबार र मंगलबार  दुध र चाामल चढाउने चलन छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु