Wednesday, January 22, 2025

मेयर रिना साह लाई एमालेले फेरि सोध्यो स्पष्टीकरण

पछिल्लाे समाचार


रौतहट १५ माघ ।नेकपा एमालेले मौलापुर नपाकी मेयर रिना देवी साहले  पहिले सोधेको स्पष्टीकरण को जवाफ नदिएको भन्दै अर्को स्पष्टीकरण सोधेको छ ।
मेयर  साह लाई माघ ५ गते दोश्रो पटक नेकपा एमाले मधेश प्रदेशका अध्यक्ष   राम औतार यादवले स्पष्टीकरण सोधेका छन ।
नेकपा (एमाले) को सूर्यछाप लिएर रौतहट जिल्ला मौलापुर नगरपालिकामा मेयर (प्रमुख) पदमा विजयी भइ कार्य गर्दै आइरहनु भएको तपाई  रिना देवी साह पटक पटक नेकपा (एमाले) को विरुद्धमा लागि विधानको धारा ८० को १, २ र ६ आकर्षित हुने गम्भीर घटना गर्दै आउनु भएपछि पहिलो स्पष्टीकरण सोध्ने काम भएको थियो ।
तर तपाइले त्यस्को जवाफ नदिई गैर जिम्मेवार बन्नु भएकोले यो अन्तिम स्पष्टीकरण सोध्ने काम भएको छ र पत्र पाएको २४ घण्टा भित्र तपाईले आफ्नो भनाई लेखी प्रदेश कार्यालय जनकपुरमा पठाउनु होला अन्यथा तपाईलाई पार्टीबाट निस्काशनसम्मको कार्यवाही हुने छ भन्दै नेकपा एमाले मधेश प्रदेश कमिटीले मेयर साह पत्र लेखेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु