Friday, January 24, 2025

महिला जनप्रतिनिधिहरुको भुमिका बिषयक अन्तरक्रिया

पछिल्लाे समाचार

रौतहट ७ माघ । चन्द्रपुरमा लैङ्गिक सामानता तथा स्थानीय सरकारमा निर्वाचित महिला जनप्रतिनिधिहरुको भुमिकाका सम्बन्धमा वडा अध्यक्ष , वडा सदस्यहरुसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
माण्डवी रौतहटको आयोजना तथा आइफएस नेपालको सहयोगमा सँचालित शी लिडस परियोजना अन्तर्गत सो कार्यक्रम सँचालन गरिएको थियो ।
यो कार्यक्रम मधेश प्रदेशका ५ वटा जिल्लाहरु बारा,रौतहट,सर्लाही,महोतरी तथा धनुषा गरी २८ वटा पालिकाहरुमा सँचालित छ ।
सो कार्यक्रममा मधेश प्रदेशका कार्यक्रम सँयोजक मुनीलाल बैठाले कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।
स्थानीय विकासका कामहरुमा महिलाहरुको सहभागिता हुने, निर्वाचित महिला प्रतिनिधिहरूलाई उनीहरूको निर्वाचित भएपछिको भूमिका लाई बढी प्रभावकारी बनाउन सहयोग हुने, राजनीतिक दलमा महिला उपस्थिति / सहभागिताका लागि सकारात्मक वातावरण सिर्जना हुने उदेश्यले अन्तरक्रिया कार्यक्रम सँचालन गरिएको थियो ।
सो कार्यक्रममा वृन्दावन नगरपालिकाका ९ जना वडा अध्यक्षहरु तथा १७ जना वडा सदस्यहरु गरी २६ जनाले सहभागिता रहेको अनुगमन तथा मुल्याँकन अधिकृत सुविन्द्र कुमार दासले जानकारी दिए ।
अन्तरक्रिया कार्यक्रमले राजनीति र निर्णय प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता प्रवर्द्धन गर्ने र महिला प्रतिनिधिहरलाई सामान सहभागिता गराउने, सरोकारवालाहरूलाई संवेदनशील बनाउने तथा राजनीतिमा महिला सहभागिता सम्बन्धी विद्यमान नीति , राजनीतिमा महिलाहरूको सहभागितालाई समर्थन गर्न सरोकारवालाहरूबाट प्रतिबद्धता समेत गरिएको माण्डवी सस्थाका अनुगमन अधिकृत दासले जानकारी दिए ।
सो कार्यक्रमका सँचालन प्रशिक्षक पुनम ठाकुर तथा सँजय कुमार यादवले गरेका छन भने सुरेन्द्र राय यादवले सहजिकरण गरेका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु