गरूडा, ९ माघ । गरूडामा रहेको बंशीराम अनाथालयका बालबालिकालाई खाद्यान्न सहयोग गरिएको छ ।
देवाहीगोनाही नगरपालिका वडा नम्बर ७ उचिडिह का नेकपा एमालेका यूवा नेता रूपेश कुमार पटेलले जन्मदिनको अवसरमा आइतवार एक कार्यक्रमका बिच अनाथालयमा पुगी खाद्यान्न सामाग्री हस्तान्तरण गरेका हुन् ।
उनले चिउरा १ बोरा, मुढी १ बोरा, दालमुट, कपि, कलम, ब्रस, पेस्ट, बिस्कुट, मिठाइ लगायतका सामानहरू अनाथालयलाइ हस्तान्तरण गरेका छन ।
सामग्री हस्तान्तरणको अवसरमा अनाथालयका कृष्ण सिंह, रूपेश यादव लगायतका व्यक्तीहरूले सहजिकरण गरेका थिए ।
गरूडाको बंशीराम जयसवाल अनाथालय विभिन्न दाताको सहयोग र अनुदानमा ४० जना भन्दा बढी बालबालिकाले शिक्षा पाईरहेका छन ।