Thursday, January 23, 2025

नेपाल वन पैदावर उधोग ब्यवसायी सघ को अध्यक्षमा ठोकर

पछिल्लाे समाचार


रौतहट १६ माघ ।नेपाल वन पैदावर उधोग ब्यवसायी सघ रौतहटको अध्यक्षमा श्याम लाल ठोकर(कर्ण) चयन भएका छन।
सोमबार चन्द्रपुरमा  भएको छैठौं जिल्लाअधिवेशन बाट ठोकरलाई जिल्ला अध्यक्ष मा सर्व-सहमत चयन गरिएको हो ।
यस्तै वरिष्ठ उपाध्यक्षमा शेख अनुहोरैर,प्रथम उपाध्यक्ष मा धर्मेन्द्र नारायण शाह,दोश्रो उपाध्यक्षमा इशा महमद,कोषाध्यक्षमा चन्द्र ब.राय, सचिवमा हर्क बहादुर घिसिङ, सह-सचिवमा केशव कुमार तिवारी र दुई सदस्य प्रमोद ठाकुर र शेख अतिउल्ला गरि ९ जनाको नया कार्यसमिति बनेको हो ।
यस्तै तीनजनालाई सल्लाहकार समितीमा राखिएको छ। फत्त बहादुर पौडेल ,ज्ञान बहादुर ठोकर र मिलन श्रेष्ठलाई सल्लाहकार समितीमा रहेका छन।
छैठौं जिल्ला अधिवेशन तथा वार्षिक साधारण सभामा डिभिजन वन कार्यलय रौतहटका साहयक वन अधिकृत राम प्रसाद साह,चन्द्रपुर नगर उध्योग वाणिज्य सघका अध्यक्ष उदय नारायण सापकोटा,नेपाल वन पैदावर उध्योग ब्यवसायी सघ सर्लाही का अध्यक्ष हरि शिवाकोटीले शुभकामना दिएका छन ।
कार्यक्रमको सभापतित्व फत्त ब.पौडेल र कार्यक्रम सचालन गोबिन्द खरेलले गरेका थिए।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु