Friday, January 24, 2025

दलित प्राविमा बोरा ओछ्याएर पढ्न बाध्य बालबालिका

पछिल्लाे समाचार


रौतहट २ माघ ।  फतुवाविजयपुर नगरपालिका–१ स्थित श्रीदलित प्राविमा पढ्ने विद्यार्थी हरेक दिन विद्यालय जाँदा ओछ्याउने बोरा बोकेर जान्छन ।
विद्यालयको नाममा सानो फुसको झुपडी छ । विद्यार्थी बाहिरै चौरमा खुला स्थानमा बोरा ओछ्याएर पढ्छन् । 
करिव २ सयको हाराहारीमा विद्यार्थी रहेको यो विद्यालय २०६४ सालमा स्थापना भएको हो ।
बाल विकासका दुई शिक्षिकासहित ४ शिक्षक रहेको विद्यालयमा शिशुदेखि ५ कक्षासम्म पढाइन्छ ।
विद्यालयको आफ्नै भवन, कक्षाकोठा र डेक्सबेन्च छैन । फुसले छाएको चारैतिरबाट खुला एउटा झुपडी छ । अगाडि सानो चौर छ ।  विपन्न र दलित समुदायका बालबालिका  बोरा ओछ्याएर पढ्दै गरेका देख्न सकिन्छ ।
विद्यालयमा  खानेपानी र शौचालय पनि छैन। कक्षा अनुसार छुट्टाछुट्टै समूह बनाएर चौरमा कक्षा संचालन हुन्छ ।

चक डस्टर, कालोपाटी नहुँदा पढाउन समस्या हुँदै आएको  शिक्षक हीरालाल यादवले दुखेसो पोखे ।
बिधालयको अवस्थाको बारेमा पटकपटक नगरपालिका संग माग गर्दा  सुनुवाइ नभएको विद्यालयका प्रधानाध्यापक राजेन्द्र हजाराले बताए ।
  दिवा खाजाको रकम पठाए पनि राख्ने र पकाउने ठाउँ अभावले खुवाउन नसकेको उनले बताए ।
‘बाध्य भएर विद्यार्थीलाई चाउचाउ र बिस्कुट दिने गरेकाे  प्रधानाध्यापक राजेन्द्र हजाराले बताए ।
नगरपालिकाका शिक्षा संयोजक तेजनारायण यादवले तत्काल भवन नबनुन्जेल घर भाडामा लिएर भए पनि उक्त विद्यालय सञ्चालन गर्ने तयारीमा रहेको बताए । ‘
भाडाको घर लिएर विद्यालय खुलाउने तयारी भइरहेको संयोजक यादवले बताए ।
नगर पालिकाकी उपप्रमुख अमवेय खातुनले सो विद्यालय संचालनको लागि  छलफल भइरहेको बताइन् ।

रौतहट जिल्लाका १८ वटा पालिकामा करीव ४ सय हाराहारीमा आधारभूतका सरकारी विद्यालय छन् ।
पालिकाले बजेट विनियोजन गरेर विद्यालयलाई राम्रो बनाउनुपर्नेमा अधिकांशको अवस्था सुध्रन नसकेको जिल्ला शिक्षा इकाइ प्रमुख रामविनय सिंहले बताए ।


spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु